एक अध्यक्षको मात्र राजीनामा माग्नु गुटगत मानसिकता : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टी विवादमा एक अध्यक्षको मात्र राजीनाामा माग्नु गुटगत मानसिकता भएको बताएका छन् । 

पार्टीभित्र उत्पन्न भएको विवादको कारण प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली मात्र नभएको भन्दै उनले यस्तो बताएका हुन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको भन्दै उनले यस्तो बताएका हुन् । उनले यो शैलीलाई पार्टी एकता विरोधी भएको बताएका छन् । 

‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो’, पोखरेलले फेसबुकमा लेखेका छन् ।  

लामो विवाद र बहसपछि मंगलबार दिउँसो १ बजे नेकपा सचिवालय बैठकमा दुई अध्यक्षका राजनीतिक प्रवितवेदनमाथि छलफल हुँदैछ । 

बैठकमा सचिवालय सदस्यले अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दैछन्। 





  • प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार ९:४९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया