महोत्तरीको बर्दिबास नगरपालिका १४ मा ६ वर्षीया बालिका गुलावसा खातुनको हत्या प्रकरणमा भएको प्रदर्शनमा गोली चलाउने दुई प्रहरी जिल्ला तानिएका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत सई वीरेन्द्र सिंह र हवल्दार फुलगेन मण्डल जिल्ला प्रहरी कार्यालय जलेश्वर तानिएका हुन् । घटनाबारे दुबै जनामाथि अनुसन्धान भइरहेको एक प्रहरी अधिकारीले बताए ।
गत सोमबार बालिकाको शव फेला परेको थियो । त्यसपछि भएको उग्र प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर स्थानीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको ज्यान गएको थियो । गोली लागेर घाइते भएका अन्य दुई जनाको उपचार भइराखेको छ ।
बालिका हत्या आरोपमा पक्राउ गरेका गौशालाका अरुण साहले अपराध स्वीकार गरिसकेका छन् । उनीमाथि अपहरण, हत्या, बलात्कार सहितका चार मुद्दा दर्ता भइसकेको छ।
बर्दिबास घटना : प्रहरीले राज्यशक्तिको दुरुपयोग गर्दा उल्टो परिणाम
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।