पछिल्लो समय विश्वभर हिंसात्मक घटना बढिरहेका छन् ।
यहीबीच भारतमा एउटा घटना भएको छ जसका कारण सुन्दा नै ठूलो आश्चर्य लाग्न सक्छ ।
यो बिहारको सिवान भन्ने ठाउँको घटना हो । त्यहाँको भगवानपुर थानामा सोमबार आधी रातमा एक घटनाको उजुरी परेको थियो । प्रहरीका अनुसार त्यहाँ एक पतिले आफ्नी तथा पाँच छोराछोरीलाई बन्चरो प्रहार गरि हत्या गरेका छन् ।
दुई छोरा र एक छोरीको घटनास्थलमा नै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । पत्नी, एक छोरा र अर्की छोरीलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा उनीहरुको पनि मृत्यु भएको छ ।
श्रीमती र छोराछोरीलाई बन्चरो प्रहार गरेपछि ती व्यक्तिले आत्महत्याको प्रयास गरेका थिए । तर, उनी असफल भए । अहिले उनी प्रहरी नियन्त्रणमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।