मंगलबार सुनको मूल्य तोलामा पाँच सय बढ्यो

मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ । पाँच सय रुपैयाँ बढेसँगै मंगलबार सुन तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हप्ताको पहिलो दिन आइतबार तोलामा ५ सय रुपैयाँ घटेर सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

आइतबारको मूल्यमा सोमबार तोलामा ७ सय रुपैयाँ घटेर सुन तोलामा ९० हजार रुपैयाँमा झरेको थियो । तर त्यो भाउमा ५ सय रुपैयाँ बढेर मंगलबार सुन तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस्तै चाँदीको मूल्य मंगलबार तोलामा ३५ रुपैयाँ बढेर तोलाको ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य तोलामा ३० रुपैयाँ घटेर तोलाको ११ सय २० रुपैयाँमा कारोबार भएको थियो ।  





  • प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार १०:५९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया