सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहरी जाँदै गरेको ना४ख ६७१५ नम्बर यात्रुबाहक बस सल्यानको कुमाख गाउँपालिका २ खारखोलामा दुर्घटना भएको हो ।
बस करिब साढे ४ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । बस सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए ।
घाइते २२ मध्ये ६ जनाको अवस्था गम्भीर भएको र थप उपचारका लागि नेपालगञ्ज पठाइएको यादवले जानकारी दिए । घाइतेहरुको उद्धारका लागि इलाका प्रहरी कार्यालय राकेचौर र प्रहरी चौकी नेटाबाट प्रहरी खटिएको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।