बालिका हत्या प्रकरणः पीडित परिवारलाई प्रदेश सरकारले ५/५ लाख दिने

बर्दिबासमा भएको बालिका हत्या र प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका एक युवकका परिवारलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।

बुधबार बर्दिवास पुगेका प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले पीडित दुवै परिवारलाई जनही ५ लाख सहयोग गर्ने घोषणा गरे । उनले प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएकालाई उपचारका लागि १÷१ लाख सहयोग गर्ने पनि बताए ।

मंसिर ८ गते मध्यरातमा बर्दिबास नगरपालिका १४ की ६ वर्षीया बालिका गुलाबसा खातुनको शव फेला परेको थियो । शव फेला परेपछि बर्दिबासमा उग्र प्रदर्शन भएपछि प्रहरीले स्थिति नियन्त्रणमा चलाएको गोली लागेर स्थानीय संजय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।

मृतक संजय न्यौपानेका दुई छोरीलाई ‘मुख्यमन्त्री वेटी बचाउ, वेटी पढाउ’ अभियान अन्र्तगत निःशुल्क रुपमा पढाउने मन्त्री यादवले प्रतिवद्धता जनाए । उनले पीडित परिवारको आवश्यकता हेरेर अन्य सहयोग गर्न पनि प्रदेश सरकार तयार रहेको बताएका थिए ।

बालिका हत्या आरोपमा स्थानीय अरुण साह पक्राउ परिसकेका छन् । पीडित परिवारले उनीमाथि हत्या, बलात्कार जस्ता चारवटा मुद्दा प्रहरीमा दर्ता गराएको छ ।





  • प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार २१:३९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया