भारतका एक मन्त्रीको ओरोप : किसानको मोहोरामा चीन, पाकिस्तानले अस्थिरता मच्चाउन खोजे
भारतको हरियाणामा किसानले गरेको प्रदर्शन ।

भारत सरकारले केही समयअघि पारित गरेको कृषि विधेयकको विरोधमा अहिले भारतमा किसान आन्दोलित भएका छन्। पञ्जाब र हरियाणा लगायतका राज्यमा  किसानहरु आन्दोलन गरिरहेका छन् । दिल्लीमा पुगेर पनि  किसानहरूले सरकारविरुद्ध प्रदर्शन चर्काएका छन्।

यसैबीच भारतको  हरियाणा राज्यका एक मन्त्रीले आफ्नो देशमा किसान आन्दोलन हुनुमा पाकिस्तान र चीनको हात रहेको आरोप लगाएका छन्। हरियाणाका कृषि राज्यमन्त्री जय प्रकाश दलाल किसान आन्दोलनको आवरणमा भारतका शत्रु देश चीन र पाकिस्तानले अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएका हुन्। 

मन्त्री दलालले भारतको एक समाचार एजेन्सी एएनआईलाई दिएको अन्तर्वातामा यस्तो आरोप लगाएका हुन्। ‘देशमा विकास भइरहेको छ तर केही विदेशी शक्तिलाई यो राम्रो लागिरहेको छैन’ राज्यमन्त्री दलालले भनेका छन्, ‘कसैलाई त मोदीको अनुहार देख्नै मन पर्दैन त्यसैले किसानलाई मोहोरा बनाएर राजनीति गरिरहेका छन्। ’ किसानको आन्दोलनमा कसैले विरोध नगर्ने भएकाले उनीहरुलाई मोहोरा बनाइएको दावी उनको छ।  

राज्यमन्त्री दलालको छ। कृषि विधेयक पास भएपछि भएको बिहार विधानसभाको निर्वाचनमा मोदी पक्षको जित भएकाले यस कानुनमा किसानको पूरै समर्थन रहेको दावी उनको छ। ‘के उनीहरु चाँही किसान होइनन् ?’ उनले प्रश्न गरेका छन्। 

 नीति निर्धारण सडकमा नभएर सदनमा हुने भएकाले सडकको राजनीति राम्रो नहुने मन्त्री दलालले  मोदी थपना गरिएका कुनै राजा नभए जनताबाट चुनिएका नेता भएकाले जनताको विरुद्धमा नजाने बताएका छन्।  

किसान–सरकार वार्ता 



भारतको संघीय राजधानी दिल्लीमा करिब एकसाता देखि विरोध प्रदर्शन गरिरहेका किसान र सरकारबीच अहिले वार्ता भइरहेको छ। किसानका केही प्रतिनिधि र भारत केन्द्र सरकारका कृषिमन्त्री नरेन्द्र सिंह तोमरको अगुवाइमा वार्ता भइरहेको छ। दिल्लीस्थित विज्ञान भवनमा वार्ता भइरहेको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन्। 

वार्ताका लागि कृषिमन्त्री कहाँ ४० जनाभन्दा धेरै किसान प्रतिनिधिहरु गएका छन्। पारित भएको कृषि कानुनलाई फिर्ता लिनुपर्ने माग आन्दोलनरत किसानहरुको छ। 



आज भएको सरकारसँग हुने वार्ताबाट उपलब्धि हासिल हुने कुरामा खासै आशावादी नरहेको प्रदर्शनमा सहभागी किसानहरूले बताएका छन्। 

  • प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार १२:३३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया