साझासँग एकताअघि विवेकशीलमा विग्रह

साझा पार्टीसँग एकीकरणको अन्तिम चरणमा पुगेको विवेकशील नेपाली दलमा विग्रह देखिएको छ । विवेकशील नेपाली दलकी केन्द्रीय उपाध्यक्षसहित १३ नेताले साझा पार्टीसँग एकतामा सहभागी नहुने बताएका छन् ।

अहिले विवेकशील नेपाली दलले साझा पार्टीसँग एकताका लागि अन्तिम चरणको गृहकार्य गरिरहेको छ ।

तर, यसमा विवेकशीलकी उपाध्यक्ष अजिता राईलगायत सहभागी नहुने भएका छन् । उनीहरुले एक विज्ञप्ति निकाल्दै साझासँगको एकतामा आफूहरु सहभागी नहुने बताएका हुन् ।

उनीहरुले विवेकशील र साझाबीच भएका राजनीतिक मतभिन्नताका विषय नटुग्याइकन एकता गर्न खोजिएको भन्दै आफ्नो असन्तुष्टि पोखेका हुन् । 

साझा र विवेकशीलले चाहिँ यही शुक्रबार एकता घोषणा गर्दैछन् ।






  • प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार १२:५६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया