नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ३ सय ४३ कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार आज थपिएका संक्रमितमध्ये ५ सय ३४ जना महिला हुन् । त्यस्तै, ८ सय ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर कोरोनाका कारण १३ जनाको निधन भएको पनि स्वास्थ्य मन्त्रालयले जनाइको छ ।
९ हजार २ सय ८९ जनामा पिसिआर परीक्षण गर्दा यो संख्या कोरोनाभाइरस संक्रमित थपिएका हुन् ।
त्यस्तै, यही समयमा २ हजार १ सय ११ जनामा कोरोनाभाइरस संक्रमण ठिक भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ५ सय ५१ पुगेको छ । यो कूल संक्रमितको ०.६५ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले नेपालमा ६.६४ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।
यसको अर्थ हो नेपालमा २ लाख २० हजार २ सय ७२ जनाले कोरोनाभाइरस संक्रमणलाई जितेका छन् ।
कूल संक्रमितको हिसाब गर्दा यो ९२.७१ प्रतिशत हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।