काठमाडौंमा थप ५ सय ६१ जनालाई कोरोना
फरकधार / १८ मंसिर, २०७७

काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा पछिल्लो २४ घन्टामा थपिएका कोरोनाभाइरस संक्रमितमध्ये आधाभन्दा धेरै पुरुष रहेका छन् । 

मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौंमा पछिल्लो २४ घन्टामा ३ सय ११ जना पुरुष र २ सय ५० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौं जिल्लामा मात्रै अहिले ६ हजार ३ सय ३७ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् । 

काठमाडौंमा अहिलेसम्म ८९ हजार २ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यीमध्ये ३ सय ९३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

त्यस्तै, भक्तपुरमा अहिलेसम्म कोरोनाका कारण ९४ जनाले ज्यान गुमाएका छन् भने ललितपुरमा १ सय १७ जनाले ज्यान गुमाएका छन् ।

  • प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार १६:१४:४२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया