अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

कोरोना भाइरसबाट सङ्क्रमित भएर अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धेरैको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा पछिल्लो २४ बुधबार ३ हजार १५७ जनाको मृत्यु भएको छ । 

कोरोनाबाट एकैदिन मृत्यु भएकाहरुको सङ्ख्या यो अहिलेसम्मकै धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । यसअघि गत अप्रिल १५ मा एकैदिन सबैभन्दा धेरैको मृत्यु भएकोमा अहिले त्यसको २० प्रतिशत बढी भएको पनि उनीहरुले जानकारी दिएका छन् । त्यति बेला एकैदिनमा २ हजार ६०३ जनाको मृत्यु भएको थियो । 

अमेरिकामा कोरोनाका कारण अहिलेसम्म २ लाख ७९ हजार जनाको मृत्यु भएको छ भने १ करोड ३९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । जोन हप्किङ्स विश्वविद्यालयले दिएको जानकारीअनुसार झण्डै १ लाख जना सङ्क्रमितहरु अझै पनि अस्पतालमै रहेका छन् ।  

अमेरिकी एम्बुलेन्स एसोसिएसनले दिएको जानकारीअनुसार बुधबार मात्रै आपतकालीन सेवाका लागि ९११ जनाको फोन आएको थियो ।





  • प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार १९:७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया