कति छन् काठमाडौंमा सक्रिय कोरोनाभाइरस संक्रमित ?
फरकधार / २१ मंसिर, २०७७

नेपालमा पछिल्ला दिन कोरोनाभाइरस संक्रमण दर बढ्दो छ । तर, कम परीक्षण भएकाले दैनिक कोरोनाभाइरस संक्रमितको संख्या एकिन आउन सकेको छैन । कतिपयले आजभोलि कोरोनाभाइरस परीक्षण नै पनि गर्न छाडेका छन् । 

नेपालमा अहिलेसम्म सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएको जिल्ला हो, काठमाडौं । काठमाडौं जिल्लामा मात्रै अहिलेसम्म ९० हजार ४ सय २८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

त्यस्तै, काठमाडौं जिल्लामा नै नेपालमा सबैभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् । काठमाडौं जिल्लामा मात्रै अहिलेसम्म ४ सय ७ जनाले कोरोनाका कारण ज्यान गुमाएका हुन् । त्यस्तै, कोरोना जित्नेको संख्या पनि सबैभन्दा बढी काठमाडौंमा नै छ । काठमाडौंमा अहिलेसम्म ८४ हजार ६ सय ६४ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले काठमाडौंमा ५ हजार ३ सय ५६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै भक्तपुरमा अहिले कोरोनाका सक्रिय संक्रमित ४ सय ६५ जना मात्र छन् । अहिलेसम्म भक्तपुरमा ८ हजार १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ ९५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै, ललितपुरमा चाहिँ अहिले १ हजार ८९ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको छ । त्यहाँ १२ हजार ६ सय २६ जनाले कोरोना जितिसकेका छन् । अनि १ सय १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार १९:३७:२२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया