आठ महिनापछि खुले सल्यानका विद्यालय

सल्यानका विद्यालय आठ महिनापछि खुलेका छन् । कोरोना भाइरससंक्रमणका कारण बन्द भएका विद्यालय खुलेका हुन् । 

नेपाल सरकारले जारी गरेको सहज सिकाइ निर्देशिका २०७७ का आधारमा विद्यालयहरु सञ्चालनमा आउन थालेका हुन् । 

यही मंसिर १५ गतेदेखि नगरपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालनमा आएका छन् । स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन भइरहेको स्थानीयको भनाइ छ । 

अनिवार्य मास्क, सेनिटाइजर र हात धुने साबुन पानीको व्यवस्था गर्न सम्बन्धित विद्यालयलाई पत्राचार गरिएको शारदा नगरपालिकाले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार २०:३८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया