काठमाडौँ महानगरपालिकालाई चीनको ल्हासा नगरबाट दुई थान फोहर बोक्ने कम्प्रेस्ड गारवेज ट्रक उपहार स्वरुप प्राप्त भएको छ ।
०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न ल्हासा नगरका प्रमुख गुहेओ नेपाल आएक थिए । त्यसवेला उनले काठमाडौँ सरसफाइका लागि ट्रक उपहार पठाउने बताएक थिए । सोहीअनुरुप आज उक्त ट्रक प्राप्त भएको हो । ल्हासा नगरसँग कामपाको भगिनी सम्बन्ध स्थापित भइसकेको छ ।
यही १५ गते ल्हासा नगरको अन्तर्राष्ट्रिय मामिलाका अधिकारीले कामपाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयलाई उक्त ट्रक हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम बसेल, वित्त विभागबाट उपनिर्देशक प्रवीण प्याकुरेल, विपद् व्यवस्थापन विभाग नगर प्रहरी नायब उपरीक्षक विष्णु जोशी, चालक बलराम चचामु र दीपक वैष्णव रहेका थिए । ती ट्रकहरु यही मङ्सिर १६ गते काठमाडौँ ल्याइएका हुन् । ती ट्रकको मूल्य करिब १ करोड ९० लाख रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।