राजपुर बमकाण्ड : पूर्वमन्त्री अफतावका भाइ महताव पक्राउ

पूर्वमन्त्री अफताव आलमका भाइ महताव आलम पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले उनलाई रौतहटको बौधीमाई नगरपालिका ७ मा पर्ने बड्की बंकुल क्षेत्रबाट पक्राउ गरेको हो ।

रौतहटको राजपुर नगरपालिका ४ घर भएका अफतावले संविधान सभाको निर्वाचन धाँधली गरी जित्नका लागि केही व्यक्तिबाट बम बनाउने क्रममा २०६४ चैत २७ गते साँझ विस्फोट भएको थियो । विस्फोटमा परी करिब १६ जना घाइते र ३ जनाको मृत्यु भएको थियो ।

घटना लुकाउन घाइते र मृत्यु भएका व्यक्तिहरूलाई ट्याक्टरमा लोड गरी नजिकैको इँटा भट्टामा लगी जलाइयो । सो घटनामा संलग्न पूर्वमन्त्री अफताव पक्राउ परिसकेका छन् । उनी हाल जेलजीवन बिताइरहेका छन् । सोही घटनामा संलग्न उनका भाइ महताव फरार थिए ।

महतावलाई पक्राउ गर्न विगत लामो समयदेखि प्रहरी परिचालन गरिएको थियो । विशेष सूचना पाएपछि उनलाई सोमबार पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । उनीहरूमाथि कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दा भएको छ ।

२ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले दाइ आफतावको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसलाई ट्याक्टरमा राखी इँटा भट्टामा जलाएको स्वीकार गरेको बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर २२, २०७७ साेमबार १७:४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया