बलात्कार आरोपमा थुनामा परेका सिद्धबाबा भनिने गिरीलाई सफाइ

आफ्नै अनुयायीलाई बलात्कार आरोपमा थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । 

उनलाई सोमबार जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको हो ।

सुनसरीको चतरामा आश्रम बनाएर बसेका गिरी बलात्कारको आरोप लागेपछि पुर्पक्षका लागि थुनामा परेका थिए । गिरीका वकिलहरुको एकतर्फी बहसका आधारमा अदालतले उनलाई सफाइ दिएको हो । 

गिरीलाई यसअघि जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।





  • प्रकाशित मिति : मंसिर २२, २०७७ साेमबार १९:२३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया