आज सर्वदलीय बैठक, राजावादीका गतिविधिबारे पनि चर्चा हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि सर्वदलीय बैठक बोलाएका छन् । 

आज दिउँसो ११ बजे बालुवाटारमा बस्ने सर्वदलीय बैठकमा राजावादीहरुले पछिल्लो समय देशभर गरेका विभिन्न प्रदर्शनबारे चर्चा गरिने भएको छ । 

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा पनि छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो । 

यसअघि गत वैशाखमा भारतले नेपाली भूमि मिचेर सडक बनाए पछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए । त्यस यता सर्वदलीय बैठक बस्न सकेको छैन । 

प्रधानमन्त्री ओली अहिले आफ्नै पार्टी नेकपाभित्र एक्लिएका छन् । नेकपामा पछिल्लो समय देखिएको विवादमा उनी कमजोर हुँदै गएका छन् ।





  • प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार ६:३१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया