चीनलाई झट्का दिने अमेरिकी सिलसिला अहिले पनि कायमै छ । कयौँ कम्पनीहरुलाई ब्ल्याकलिस्ट गरेको अमेरिकाले फेरि चीनका केही अधिकारीहरुविरुद्ध कारवाही गर्ने घोषणा गरेको छ ।
हङकङ स्वायत्ततालाई कमजोर गर्ने विषयमा अमेरिकाले सोमबार चीनका १४ वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध लगाएको हो । यी अधिकारीमा एक तिब्बती पनि परेका छन् ।
प्रतिबन्ध घोषणा गर्दै अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले चिनियाँ यी अधिकारीका कारण हङकङका मानिसले आफ्नो प्रतिनिधि पनि चुन्न नपाएको बताएका छन् ।
अब यी अधिकारीहरुले अमेरिकी भिजा पाउने छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।