सर्लाहीमा आगलागी, १२ लाखको क्षति
सांकेतिक फोटो

सर्लाहीको एक घरमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ ।  गएराति सर्लाहीको विष्णु गाउँपालिका–२ पकडीगोठ स्थित योगेन्द्रप्रसाद साहको घरमा आगलागी भएको सर्लाही प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार राति करिब ११ बजेतिर साहको काठले बनेको घरमा आगलागी भएको हो । आगलगीबाट घरमा रहेको लताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामानलगायतका सामान जलेर नस्ट भएको छ । 

आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन् । प्रहरीले स्थानीयको सहयोगमा आलो नियन्त्रणमा लिएको थियो । 
 





  • प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार ११:४१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया