घोषणा भयो सगरमाथाको नयाँ उचाइ, अब ८,८४८.८६ मिटर

अब विश्वकै सर्वाेच्च शिखर सगरमाथाको उचाइ ८,८४८.८६ मिटर कायम भएको छ । मंगलबार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । उचाइ पहिलेको भन्दा ०.८६ मिटर बढेको हो । यसअघि सगरमाथाको उचाइ  ८,८४८ मिटर थियो । मंगलबार भएको भर्चुअल घोषणा कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्तरुपमा सगरमाथा(चोमोलोङमा) को नयाँ उचाइ घोषणा गरेका हुन् । 

नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।

विभागले १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो ।  २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस सुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो। 





  • प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार १४:१३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया