मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा तीन देशका लागि राजदूतको नाम प्रस्ताव गरिएको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूतको नाम प्रस्ताव गरेका हुन् ।
जसअनुसार श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम प्रस्ताव भएको छ ।
परराष्ट्र मन्त्रीबाट तीनजनाको नाम प्रस्ताव भए पनि त्यसबारे कुनै निर्णय नभएको एक मन्त्रीले बताए । प्रधानमन्त्रीबाट ती नाम स्वीकृत भएर आएपछि मात्रै सरकारले ती नाम सिफारिस गर्ने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।