आठ महिनादेखि बन्द रहेका विद्यालय खोल्न ललितपुर महानगरको निर्देशन

ललितपुरमा आठ महिनादेखि बन्द रहेका विद्यालयको नियमित पठनपाठन सुरु हुने भएको छ । ललितपुर महानगरपालिकाले सो क्षेत्रभित्र पर्ने विद्यालय खोल्न निर्देशन दिएको छ ।  

मंगलबार बसेको महानगरको शिक्षा समितिको बैठकले विद्यालय खोल्ने निर्णय गरेको हो । समितिले विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघबीच छलफल गरी मापदण्ड तय गर्न पनि विद्यालयहरुलाई आग्रह गरेको छ ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयको पठन–पाठन सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा समितिका संयोजकसमेत रहेका महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिएका छन् । 

महानगरपालिका क्षेत्रमा ४० वटा सामुदायिक विद्यालय र अन्य निजी विद्यालयलाई समेत सोहीबमोजिम गर्न महानगरपालिकाले निर्देशन गरेको हो । 

महानगरले उपप्रमुख गीता सत्यालको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । समितिलाई विद्यालय अनुगमन गर्ने र आवश्यक छलफल गरी शिक्षा समिति र महानगरपालिकालाई सुझाव पेस गर्ने जिम्मेवारी दिइएको छ । 

महानगरले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न र अभिभावकलाई मापदण्ड अपनाएर मात्रै बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेको छ । 





  • प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार २०:३१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया