मेक्सिकोमा यसै महिनाको तेस्रो साताबाट कोरोना खोप दिइने
सांकेतिक फोटो

उत्तर अमेरिकी देश मेक्सिकोमा यही यही डिसेम्बर महिनाको तेस्रो साताबाट कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ । मेक्सिको सरकारले पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप तयारी गरेको जानकारी दिएको छ । 

मेक्सिकोका उपस्वास्थ्य मन्त्री ह्युगो लोपेज–गाटेलका अनुसार पहिलो चरणको खोप अभियान यही डिसेम्बर महिनाको तेस्रो साताबाट शुरु हुने र त्यो फेब्रुअरी २०२१ सम्म चल्नेछ । मेक्सिको सिटीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी दिएका हुन् । 

यसै महिना २ लाख ५० हजार भन्दा बढी खोप मेक्सिको आइपुग्ने मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डले जानकारी दिएका छन् ।  मेक्सिकोले यसै साता चीनबाट करिब ३ करोड ५० लाख क्यानसिनो खोप ल्याउने गरी सम्झौता गरेको छ ।  

 राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले मेक्सिकोका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क वितरण गरिने घोषणा गरेका छन् । 


मेक्सिकोमा हालसम्म ११ लाख ८२ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने  १ लाख १० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । 





  • प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार १३:३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया