प्रदेश २ लोकसेवा आयोगको पहिलो विज्ञापन, ३७ कर्मचारी माग

प्रदेश २ लोक सेवा आयोगले पहिलोपटक विज्ञापन आह्वान गरेको छ । आयोगले राजपत्राङ्कित तृतीय श्रेणी÷सातौं तह (प्राविधिक) पदमा ३७ कर्मचारी माग गरेको हो ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको आयोगले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ । अगामी पुस १५ गतेभित्र इच्छुक र योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्ने छन् ।

प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु. १ हजार तोकिएको छ । तर तोकिएको समयमा दरखास्त बुझाउन नसक्नेका लागि दोब्बर दस्तुर बुझाएर पुस २२ गतेसम्म पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

परीक्षाको किसिम लिखित, सामूहिक छलफल र अन्तर्वाता हुने भनिए पनि समय पछि प्रकाशसन गरिने आयोगले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार १४:१२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया