भक्तपुरका विद्यालय पुस १ देखि खुल्ने

भक्तपुरमा पुस १ गतेदेखि विद्यालय सञ्चालन हुने भएको छ । भक्तपुर नगर शिक्षा समितिको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो । समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आलोपालो विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले २०७७ पुस १ गतेदेखि विद्यालय सञ्चालन गर्ने गरी नगरभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूमा विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गरेको छ । कक्षा ८, ९ र १० को कक्षा आलोपालो गरी सञ्चालन गर्ने निर्णय गरेको छ ।

विद्यार्थी संख्या सयभन्दा कम भएका सबै सामुदायिक तथा संस्थागत विद्यालयको हकमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयन गरी विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गरी कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालयका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावक संघका प्रतिनिधिसँग पनि विद्यालय सञ्चालनका विषयमा चरणबद्ध छलफल गरी सुझाव संकलन गरेको थियो ।





  • प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार १५:४२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया