ब्राजिलमा कोरोना भाइरसबाट करिब १ लाख ७९ हजारको मृत्यु

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७८ हजार ९९५ पुगेको समाचारमा जनाइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार गत २४ घण्टामा ८३६ जनाको मृत्यु भएको छ । यो संख्यासहित ब्राजिलमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुने १ लाख ७९ हजार ९९५ जना पुगेका हुन् । 

त्यसैगरी यहाँ गएको २४ घन्टा यता मात्र गरेको परीक्षणका क्रममा ५३ हजार ४५३ जनामा संक्रमण देखिएको पुष्टि भएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

दक्षिण अमेरिकी यस देश कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका ६७ लाख २८ हजार ४५२ जना सङ्क्रमित फेला परिसकेका छन् ।

ब्राजिलमा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो ।

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै  ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको आलोचना हुँदै आएको छ । यसैक्रममा पछिल्लो पटक झन् धेरै संक्रमित भेटिन थालेपछि उनको विरोध भएको हो ।



यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्यामा पनि वृद्धि हुने गरेको ब्राजिलका स्वास्थ्य अधिकारीले जनाएका छन् । उनीहरुले ब्राजिलमा कोरोनाको दोस्रो चरणको लहर आएको बताएका छन् ।



  • प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार १६:६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया