काठमाडौं उपत्यकामा थपिए ४०४ जना कोरोना संक्रमित

काठमाडौं  उपत्यकामा थप ४०४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका २४४ पुरुष र १६० महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल काठमाडौंमा ४ हजार ७४५ सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यस्तै ललितपुरमा ९५० र भक्तपुरमा ४१२ सक्रिय संक्रमित रहेका छन् ।

देशभर गत २४ घण्टामा १ हजार २१७ कोरोना भाइरस संक्रमित भेटिएका छन् । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । त्यस्तै २४ घण्टामा १ हजार ६४ संक्रमित  कोरोनामुक्त भएका छन् । योसँगै संक्रमण पुष्टि भएकामध्ये २ लाख ३१ हजार ६०१ जना निको भएका छन् ।  

गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ६६३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ ।





  • प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार १६:४१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया