प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घले मोरङमा शिक्षक हत्यामा संलग्नमाथि तत्काल कारबाही गर्न माग गरेको छ ।
नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले बिहीबार एक विज्ञप्ति जारी गरी मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नलाई तत्काल खोजी गरी कडा कारबाही गर्न माग गरेका हुन् ।
व्यक्ति हत्या क्रूर र अमानवीय अपराध भएको भन्दै नेविसंघले राजनीतिक वा अन्य आवरणमा यसलाई ढाकछोप गर्न नमिल्ने बताएको छ ।
विप्लव समूहलाई हिंसात्मक राजनीतिको बाटो परित्याग गरी शान्तिपूर्ण बाटोमा आउनसमेत नेविसङ्घले आग्रह गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।