गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण चारको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चारजनाको मृत्यु भएको छ भने १०३ जना सङ्क्रमित थपिएका छन् । 

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं ७ का ६५ वर्षीय पुरुष, वडा नं १० का ८१ वर्षीय पुरुष र वडा नं १३ का ५१ वर्षीय पुरुष रहेका छन् । त्यस्तै, तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नं ८ का ७४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको पनि मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यीसँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १८० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
    
निर्देशनालयका अनुसार प्रदेशमा आज १०३ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १३ हजार ७९ पुगेको छ भने सक्रिय सङ्क्रमित पाँच हजार ३३८ पुगेका छन् । हालसम्म सात हजार ५६१ कोरोना सङ्क्रमित निको भएको निर्देशनालयले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार १९:५०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया