कोरोनाबाट अमेरिकामा एकैदिनमा ३ हजारको मृत्यु

अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । 

कोरोनाविरुद्धको खोप फाइजर प्रयोग गर्न सकिने सल्लाह विज्ञहरुले दिइरहेकै बेला पनि अमेरिकामा कोरोनाभाइरसको महामारी बढ्दै गइरहेको देखिएको छ । 

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा विगत २४ घण्टामा ३ हजार १२४ जनाको मृत्यु भएको छ ।

पछिल्लो पाँच दिनमा मात्रै थप झण्डै पाँच लाख जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन् । 

अमेरिकामा अहिले पनि १ लाख ६ हजारभन्दा बढी सङ्क्रमितहरु अस्पतालमा उपचारकै क्रममा रहेका छन् ।

महामारी देशभरि नै बढ्दै गइरहेकाले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूलाई दबाब पनि बढेको अधिकारीहरूले बताएका छन् । 



अमेरिकामा कोरोनाका कारण अहिलेसम्म २ लाख नौ हजारभन्दा बढीको मृत्यु भएको छ भने कुल १ करोड ५५ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । 

एकैदिनमा मृत्यु भएकाहरूको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको जोन हकिन्स विश्वविद्यालयले जनाएको छ । 



यसअघि गत अप्रिल १५ मा सबैभन्दा धेरै एकैदिनमा २ हजार ६०२ जनाको मृत्यु भएको थियो । न्युयोर्क सहरमा कोरोना महामारीको केन्द्र बनेका बेला त्यति धेरै मानिसको एकैदिनमा मृत्यु भएको  थियो ।

  • प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार १९:४६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया