ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८० हजारभन्दा बढी

दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या बढेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार कोरोना भाइरसको संक्रमण रोकिने संकेत अझै देखिएको छैन । पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट १ लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ ।

प्राप्त समाचारअनुसार शनिबारसम्ममा यहाँका १ लाख ८० हजार ४११ जनाको ज्यान गएको हो । पछिल्लो २४ घण्टामा ४६४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ५३ हजार ३६० जना संक्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ६८ लाख ३४ हजार ९६५ जना संक्रमित भएका छन् ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा यहाँ पनि कोरोना भाइरसको दोस्रो लहर आएको बताएका छन् । उनीहरुका अनुसार यहाँ सरकारले कडा खालको लकडाउन गरेको भए पनि संक्रमण भने घटेको छैन ।





  • प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार १५:१२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया