चिसोले कठ्यांग्रिएर रौतहटमा एकको मृत्यु

रौतहटमा अत्यधिक चिसोको कारण एकजनाको मृत्यु भएको छ । कटहरिया नगरपालिका २ जमुनियाका ६५ वर्षीय सुखारी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका ६ बजारको सडक पेटीमा बस्दै आएका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

उनी आँखा नदेख्ने श्रीमतीलाई डोर्याउँदै मागेर गुजारा चलाउँदै आएका थिए । उनको मृत्युपछि उनकी श्रीमती बेसहारा भएकी छिन् ।





  • प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार १७:२५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया