नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्न लागेको पूर्वसन्ध्यामा सो पार्टीको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सिठी जुलुस निकालेको छ ।
आइतबार काठमाडौंको त्रिचन्द्र क्याम्पसअगाडिबाट संघले सरकारविरुद्ध सिठी जुलुस निकालेको हो ।
सठिी जुलुसमा सहभागीले सरकार कोरोना रोकथाम, नियन्त्रण र उपचारमा असफल भएको, भ्रष्टचारीको संरक्षणमा लागेको, सर्वसत्तावादतर्फ उन्मुख भएकोलगायत आरोप लगाउँदै नारा लगाएका थिए ।
नेकपाले जनताले दिएको दुईतिहाइ मतको दुरुपयोग गरेको र जनताको पक्षमा केही पनि गर्न नसकेको नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले आरोप लगाए । सरकार नसच्चिए अझै कडा आन्दोलन गर्ने नेविसंघको चेतावनी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।