माछा मार्ने विषयमा विवाद, झडपमा परेकी महिलाको मृत्यु
सांकेतिक फोटो

सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा विवाद हुँदा सप्तरीमा एक महिलाको मृत्यु भएको छ। नगरपालिका–३ स्थित एक सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा आइतबार दिउँसो त्यहीँका स्थानीयबीच विवाद भएको थियो ।

सप्तरी प्रहरीका अनुसार विवाद बढ्दै गएर झडप भयो । घरेलु हातहतियार सहित भएको झडपमा ४५ वर्षीया महिला गंगीयादेवी मण्डल घाइते भएकी थिइन् । घाइते गंगीयादेवीको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  
 
प्रहरीका अनुसार सो झडपमा परी अन्य चार जना घाइते भएका छन् जसमध्ये एक जनाको  अवस्था गम्भीर रहेको छ । 





  • प्रकाशित मिति : मंसिर २९, २०७७ साेमबार १३:५२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया