रिठ्ठेपानी डाँडा कटानका लागि ‘इआइए’ सुरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठ्ठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सुरु भएको छ ।

विमानस्थलले डाँडा कटानका लागि डिभिजन वन कार्यालय पोखरामा स्वीकृति मागेपछि वन कार्यालयले इआइए सुरु गरेको हो । वनमा रहेका ६ सय वटा रुख कटान गर्नुपर्ने देखिएको वन कार्यालयले जनाएको छ । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्ड अनुसार विमानस्थलबाट नजिक रहेका डाँडालाई कटान गर्नुपर्ने हुन्छ । सोही अनुसार रिठ्ठेपानी डाँडा पनि ४० मिटर कटान गर्नुपर्नेछ । 

विमानस्थलको अनुरोधमा ६ सय वटा रुख हटाउनका लागि नम्बरिङ गर्ने काम भइसकेको छ । तर, वनसम्बन्धी कार्यविधि अनुसार विमानस्थलले १ रुख बराबर २५ रुख हुर्काएर वन विभागलाई जिम्मा लगाउनुपर्ने व्यवस्था छ । सोही अनुसार विमानस्थलले नयाँ ठाउँमा जग्गा प्राप्ति गरी उपलब्ध गराएपछि डाँडा कटान गर्न स्वीकृति दिइने डिभिजन वन कार्यालय पोखराका प्रमुख केदार बरालले बताए ।

ठूला विकासका आयोजनाका नाममा वन विनाश नियन्त्रण नगर्दा वन मासिँदै गएको वन संरक्षणकर्मी राजु आचार्यले बताए  । आयोजना निर्माण हुँदा एक रुख बराबर २५ विरुवा हुर्काएपछि मात्र वन कटान सुरु गरिनुपर्ने उनको भनाइ छ ।

विकासको नाममा कुनै पनि आयोजनाले एक वटा रुख विनाश गरेवापत २५ वटा रुख हुर्काउनुपर्ने हुन्छ । तर विमानस्थलको निर्माण कार्य सम्पन्न हुनै लाग्दा समेत जग्गा प्राप्ति गरी विरुवा हुर्काउने प्रक्रिया अगाडि नबढ्नुले डाँडा कटान कार्य प्रभावित हुने देखिएको छ ।





  • प्रकाशित मिति : मंसिर २९, २०७७ साेमबार १४:३२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया