‘वीर अस्पतालमा थप ४–५ सय बेड संख्या थप्नेगरी निर्माण कार्य तीब्र’

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले वीर अस्पतालमा थप ४–५ सय बेड संख्या थप्नेगरी निर्माण कार्यलाई तीब्र पारिएको बताएका छन् । 

सहरी विकासमन्त्रीको रुपमा कार्यभार सम्हालेको दिन पारेर मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले वीर अस्पतालभित्रको पूर्वाधार निर्माण कार्यलाई तीब्रता दिएको बताए । 

उनले मन्त्रालयमा पदभार ग्रहण गरेदेखि नै प्राथमिकताका साथ काम गरिरहेको दाबीसमेत गरे । वर्तमान सरकारको पहिलो दायित्व र जिम्मेवारी नै नागरिकहरुको जिउ–ज्यानको सुरक्षा गर्नु रहेकोले आफूले स्वास्थ्य पूर्वाधार निर्माणमा नै सबैभन्दा बढी ध्यान दिएको बताए । 

तर, पछिल्लो समय सडकमा देखिएको भिडभाडले भयाभह र अस्वाभाविक स्थिति निम्त्याउन सक्ने समेत उनले बताए । तर, पनि मन्त्रालयले प्राथमिकताका साथ वीर अस्पतालभित्रको संरचना निर्माणमा प्राविधिक सहयोग गरेको बताए । 

यसबाट वीर अस्पतालमा मात्रै आइसियु र भेन्टिलेटरसहित ४–५ सयको संख्यामा बेड थपिने भएकाले भविष्यमा हुने सम्भावित अभावलाई पूर्ति गर्नसक्ने उनले बताए । 

पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले योजनामा विकासको कार्यक्रमलाई मात्रै प्राथमिकता दिएको पनि बताए । यसअघि पहिला निर्माण गरिसकेपछि मात्रै सहरको योजना बनाइने गरेकोमा अब भने पहिला योजना बनाएर मात्रै विकासका कार्यक्रम कार्यान्वयनमा लैजाने गरी सोचिएको बताए ।  



मन्त्री श्रेष्ठले पत्रकार सम्मेलनमा आफूले कार्यभार सम्हालेको दुई महिना अवधिमा गरेका कामहरु र आगामी दुई महिनाका लागि तयार पारेको योजनाको बारेमा जानकारी गराएका छन् । 



  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार २०:५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया