दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुर्खेतबाट दैलेखको डाँडीमाडी जाँदै गरेको भे१त ७४८१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ठाँटिकाँध गाउँपालिका–१ का २७ वर्षीय दिनेश शाहीको मृत्यु भएको हो । 

सुर्खेतबाट चामल लिएर जाँदै गरेको ट्याक्टर दुल्लु नगरपालिका–४, कालाखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुल्लुले जानकारी दिएको छ । ट्याक्टर सडकभन्दा करिब २५ मिटर तल खोल्सामा घसेको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक खिमबहादुर खड्काले जानकारी दिए । 

घटनास्थलमै मृत्यु भएका शाही चालक वा अन्य भएको नखुलेको बताइएको छ । उनको शवलाई पोस्टमार्टमका लागि दुल्लु अस्पतालको शवगृहमा राखिएको प्रहरीले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : पुस १, २०७७ बुधबार २०:३१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया