चार महिनामा चार अर्ब डलर दान !

अमेरिकी खर्बपति व्यापारी जेफ बेजोसकी पूर्व पत्नी म्याकिन्जे स्कटले चार महिनामा ४ अर्ब डलरभन्दा धेरै रकम दान गरेकी छिन् ।  ६० अर्ब ७० करोड डलर नेटवर्थ भएकी स्कट विश्वको १८औं धनाढ्य व्यक्ति हुन् ।

गत वर्ष स्कटले  आफ्नो सम्पत्ति दान गर्छु भनेर कबोल गरिने गिभिङ प्लेज नामक एक सार्वजनिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेकी थिइन् । गिभिङ प्लेज संसारका अतिधनाढ्य व्यक्ति र परिवारहरूले आफ्नो सम्पत्तिको ठूलो भाग समुदायको हितका लागि दान गर्नेछौं भनेर सार्वजनिक रूपमा व्यक्त गरिने एउटा प्रतिबद्धता हो ।

आपतकालीन राहत कोष तथा फूड बैंकलाई गरी उनले उक्त रकम दान गरेकी सञ्चारमाध्यमले जनाएको छन् । महामारीका कारण हात मुख जोर्न समस्यामा परेका अमेरिकीलाई आफूले सहयोग गर्न चाहेको समेत उनले ब्लग पोष्टमा लेखेकी छन् । 

यस वर्षको अहिलेसम्मको अवधिमा उनको सम्पत्ति २३ अर्ब ६० करोड डलर बढिसकेको छ । उनको अधिकांश सम्पत्ति पूर्वपति बेजोससँग पारपाचुके हुँदा पाएकी हुन् । 
आफूले दानका लागि ३८० परोपकारी संस्था रोजेको उनले मंगलवार एक ब्लग पोष्टमा लेखेकी छन् । 

उनले दिएको दान विशेषतः खाद्य सुरक्षाको उच्च संकटमा परेका, जातीय असमानताको अवस्था चर्को भएका, स्थानीय गरिबीदर उच्च रहेको र परोपकारी संस्थाबाट प्राप्त हुने रकममा कमजोर पहुँच भएका समुदायहरूमा केन्द्रित रहेको बताइएको छ । 





  • प्रकाशित मिति : पुस २, २०७७ बिहीबार १४:१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया