कांग्रेस प्रवक्ता शर्माले टेलिभिजन कार्यक्रम चलाउने

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टेलिभिजन कार्यक्रम चलाउने भएका छन् । उनले सामाजिक विषयवस्तुमा आधारित कार्यक्रम चलाउने भएका हुन् । 

द होराइजन मल्टिमिडियाले निर्माण गर्ने उक्त कार्यक्रमको नाम ‘ऐना’ रहनेछ । २६ भागको उक्त कार्यक्रम माघ ७ गतेदेखि प्रसारणमा आउनेछ । 

कार्यक्रम ऐना कान्तिपुर टेलिभिजनबाट हरेक बुधबार राति ९ बजे एक घण्टा प्रसारण हुनेछ । बिहीबार पत्रकार सम्मेलन गरेर कार्यक्रम ऐनाबारे जानकारी दिइएको हो । 

ग्लोबल आइएमई बैंकको प्रयोजन र चौधरी फाउन्डेसन र आइएनजी ग्रुपको सहप्रयोजनमा उक्त कार्यक्रम सञ्चालन हुनेछ । 





  • प्रकाशित मिति : पुस २, २०७७ बिहीबार १८:४३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया