काम ढिला भएको भन्दै सेवाग्राहीले गरे मालपोत कार्यालय तोडफोड

पर्वतको मालपोत कार्यालयमा तोडफोड भएको छ। बिहीबार एक सेवाग्राहीले कार्यालयमा तोडफोड गरेका हुन्। पर्वतको जलजला गाउँपालिका–३ माझफाँटका ३० वर्षीय सुमन बहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न तोडफोड गर्नुका साथै कागजपत्र च्यातेको पर्वत प्रहरीले जनाएको छ। 

कार्यालय प्रमुख मुकुन्द लामिछानेका अनुसार खत्री जग्गाको राजीनामा पास गर्न मालपोत आएका थिए। आफ्नो काम किन ढिला भएको भन्दै उनले काम भइरहेको ठाउँमा  प्रवेश गरी कर्मचारीलाई गालीगलौज गरी तोडफोडमा उत्रिएका थिए।  

उनले कार्यालयको कम्प्युटर, हाजिरी मेसिन, फोटोकपी मेसिन, फोटो खिच्ने मासिनहरु तोडफोड गरेका थिए। केही महत्वपूर्ण कागजसमेत च्यातेका थिए। 

मालपोत कार्यालय तोडफोडमा संलग्न खत्रीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ। क्षतिको लागतबारे आँकलन भइरहेको प्रहरीले जानकारी दिएको छ। 
 





  • प्रकाशित मिति : पुस ३, २०७७ शुक्रबार १०:१९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया