गोपाल लोहारको  'म जुन बनिदिन्छु' सार्वजनिक

करिब २ महिना अघि ‘जुनमा हेरूँ तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गीतकार गोपाल लोहारले आफ्नो बिल्कुलै नयाँ कोशेली 'म जुन बनिदिन्छु' सार्वजनिक गरेका छन् । 

गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको युगल स्वरमा रहेको यस गीतलाई वरिष्ठ संगीतकार रंजित गजमेरले  संगीतबद्ध गरेका हुन् । लोहार अमेरिकामा बसेर गीतसंगीतमा क्रियाशील छन् ।

म्युजिक भिडियोमा इन्जमम अली खान र जानकी थापाको अभिनय रहेको छ।  रोहिया महर्जनले कोरियोग्राफी गरेको यस भिडियोलाई दीर्घ गुरुङले छायांकन गरेका हुन् । विकास दहालको भिडियोमा सम्पादन रहेको छ ।

भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बूको निर्देशनमा  तयार पारिएको हो । गोलो प्रोडक्सनको अफिसिएल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । 

 





  • प्रकाशित मिति : पुस ४, २०७७ शनिबार १५:५५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया