प्रधानमन्त्रीको गैरजिम्मेवार हर्कत, सबैतिरबाट प्रतिवाद गरिनु पर्छः डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्धी डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेको विरोध गरेका छन् । 

उनले नयाँ संविधानको मर्मविपरित प्रधानमन्त्री ओलीले गरेको यो सिफारिसले अस्थिरता निम्त्याउने प्रतिक्रिया दिएका छन् । 

सामाजिक सन्जाल ट्विटरमा एक भिडियो पोस्ट गर्दै उनले प्रधानमन्त्री ओलीको यो प्रस्ताव दुखद भएको बताएका छन् । सुधारिएको संविधानको यसले धज्जी उडाएको भन्दै उनले यसलाई लोकतन्त्रविरोधी कदम भनेका छन् ।

‘प्रधानमन्त्री ओलीबाट गैरजिम्मेवार हर्कत भएको छ, यसको सबैतिरबाट प्रतिवाद गरिनु पर्छ,’ भिडियोमा उनले भनेका छन् ।





  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार ११:२२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया