नेपाली खेलकुदको अभिलेखीकरण गर्दै ओलम्पिक कमिटी

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपाली खेलकुदको अभिलेखीकरण गर्ने भएको छ । एनओसीले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाली खेलकुदको अभिलेखीकरण गर्ने परियोजनाको औपचारिक रुपमा थालनी भएको जानकारी गराएको हो ।

एनओसीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को सहयोगमा नेपाली खेलकुदको डिजिटल अभिलेखकृत प्रोजेक्ट २०२०–२०२१ को थालनी गरिएको बताएको छ । 
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले परियोजनाको घोषणा गर्दै यो नेपाली खेलकुदको एक ऐतिहासिक दिन रहेको बताए । पहिलो चरणअन्तर्गत सङ्ग्रहालयको काम अगाडि बढाइने बताउँदै उनले यसको सफलतापछि दोस्रो चरणको काम सुरु हुने जानकारी दिए । 

एनओसीको आग्रहमा आइओसी ओलम्पिक सोलिडारिटी कार्यक्रमअन्तर्गत अभिलेखीकरणको परियोजना सञ्चालन गरिन लागिएको हो । नेपाल ओलम्पिक कमिटीले परियोजनाका लागि पहिलो चरणमा १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । 

एनओसीले विभिन्न खेलको सुरुवात, खेलकुद ऐनसँग सम्बधित दस्तावेज, एनओसीको इतिहास, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन, प्रतियोगितासँग सम्बधित तस्वीर र भिडियो संकलनको प्रयास गरिने बताएको छ । 

परियोजनाले नेपाली खेलकुदको डिजिटल आर्काइभको सबैलाई उपलब्ध हुने बताइएको छ । सङ्ग्रहालयमा ओलम्पिकमा आवद्ध खेललाई बढी प्राथमिकतामा राखिने एनओसीले जनाएको छ । 





  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार १७:५४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया