प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्चमा दर्जन रिट दर्ता

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा १२ वटा रिट दर्ता भएका छन् ।

रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक क्षेत्राधिकार मिचेर संसद विघटन गरेको र त्यसलाई राष्ट्रपतिले सदर गरेको भन्दै सो निर्णय उल्ट्याउन माग गरिएको छ ।

रिट निवेदन दिनेमा अधिवक्ता कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, केशरजंग केसी, ज्ञानेन्द्र आरण, शालिकराम सापकोटा, कलमबहादुर खत्री, अमिता गौचन पौडेल, दिनेश त्रिपाठी, सन्तोष भण्डारी, दीपक राई, तुलसी सिंखडा र सुलभ खरेल छन् । 

आज दर्ता भएकामध्ये तीनवटा रिट आइतबारै पेस भए पनि दर्ता भएका थिएनन् । १२ वटै रिट निवेदन सोमबार नै दर्ता भएका हुन् । 

सबैरिटका लागि आगामी बुधबारका लागि सुनुवाइको पेसी तोकिएको छ ।





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार १६:३२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया