लमजुङको नेकपा पार्टी कार्यालयमा तालाबन्दी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को लमजुङको बेंसीसहरस्थित पार्टी कार्यालयमा सोमबार तालबन्दी गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीनिकट राष्ट्रिय युवा संघ र विद्यार्थी संगठनका कार्यकर्ताले लमजुङको अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाएका हुन् ।

उनीहरुले ‘घेराबन्दी गरेर आफ्नै प्रधानमन्त्री र आफ्नै अध्यक्षलाई असफल बनाउन खोज्नेहरु कार्यालयमा बस्न आवश्यक छैन । एमालेले बनाएको भवनमा बसेर केपी ओलीको विरोध गर्न पाइँदैन, दिइँदैन,’ भन्दै अध्यक्ष मधुमाया अधिकारीलाई कार्यकक्षबाट बाहिर निकाली तालबन्दी गरेका हुन् । 

अध्यक्ष अधिकारीले आफूलाई २ घण्टा कार्यकक्षमा थुनेको बताइन् । युवा र विद्यार्थीले भने अध्यक्षलाई नथुनेको बरु बाहिर आउन आग्रह गरेर ताला लगाएको बताएका छन् । ओली निकट युवा र विद्यार्थी अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाएर नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए ।

त्यसअघि अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका युवा, विद्यार्थीलगायतले अर्का अध्यक्ष ओलीको कदमको विरोधमा पार्टी कार्यालय नजिक भीमसेनस्थान चोकबाट नाराबाजी गर्दै बजार परिक्रमा गरी शेराचोक पुगेका थिए । दाहाल निकट मानिने नेकपा बेंसीसहर नगर कमिटी सचिव शोभा थापाले नाराबाजी गर्दै र्‍याली निकालिएको र कोणसभा गरिएको बताइन् ।





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार २०:१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया