बढ्यो रेमिट्यान्स भित्रने दर, अर्थतन्त्र सकारात्मक रहेकाे राष्ट्र बैंकको भनाइ

कोरोना महामारीले थलिएको मुलुकको अर्थतन्त्रलाई विभिन्न मुलुकबाट भित्रिएको रेमिट्यान्सले केही भरथेग गरेको छ । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना प्रभावका कारण विगतको तुलनामा रेमिट्यान्स भित्रिने दर घट्ने अनुमानविपरीत रेमिट्यान्स भित्रिने दर बढेसँगै मुलुकको अर्थतन्त्रलाई थेग्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार मंसिर अघिसम्म रेमिट्यान्स भित्रिने क्रम ११ दशमलव २ प्रतिशतले वृद्धि भई ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । यो वृद्धि एकदमै सकारात्मक भएको सरोकारवालाको भनाइ छ । 

अहिले अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६ दशमलव ४ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह दर पनि १ दशमलव ९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा रेमिट्यान्स रकम बढे पनि अहिले वैधानिक रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको छ ।

समीक्षा अवधिमा रेमिट्यान्स रकम बढे पनि वैधानिक रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको छ । बितेका चार महिनामा १९ हजार २५१ जना श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

चालु आवको प्रथम चार महिनामा मुलुकको शोधनान्तर १ खर्ब १० अर्ब ६५ करोड रुपैयाँले बचतमा गएको छ । अघिल्लो वर्ष शोधनान्तर जम्मा २७ अर्बले मात्र बचतमा थियो ।

नेपालमा भित्रने रकम बढ्दै जाँदा चालु खाता २० अर्ब ४६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३४ अर्ब १२ करोडले घाटामा रहेको थियो । 



अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३० करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ८ लाखले बचतमा रहेको छ ।

चालु आर्थिक वर्षको प्रथम चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति झन्डै १५ महिनाको वस्तु आयात र करिब १४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ । 



  • प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार १४:२२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया