लाप्चे खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन, नौ बैंकले गरे १९ अर्ब ६५ करोड लगानी
प्रतीकात्मक तस्बिर

निजीक्षेत्रको लगानीमा निर्माण हुन लागेको नेपालकै ठूलो १६० मेगावाटको लाप्चे खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।

२६ अर्ब २० करोड लागत अनुमान गरिएको उक्त आयोजनामा नेपाल बैंकको अगुवाइमा विभिन्न नौ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । आयोजनामा सहवित्तीयकरणमार्फत १९ अर्ब ६५ करोडभन्दा बढी लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ ।

आयोजनाका तर्फबाट नासा हाइड्रोपावरका अध्यक्ष मोतिलाल दुगड तथा बैंकहरुको तर्फबाट नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उक्त आयोजनामा नेपाल बैंकले ५ अर्ब, नेपाल इन्भेस्टमेन्ट बैंकले ३ अर्ब ५० करोड, कर्मचारी संचयकोषले २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब, हिमालयन बैंकले २ अर्ब, लक्ष्मी बैंकले १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबिआई बैंकले १ अर्ब, बैंक अफ काठमाण्डूले १ अर्ब तथा कृषि बिकास बैंकले १ अर्ब गरी १९ अर्ब ६५ करोड २५ लाख रुपैयाँ लगानी गर्ने भएका हुन् ।

आयोजनाबाट २०७९ साउनसम्ममा उत्पादन सुुरु गरिने जानकारी कार्यक्रममा दिइयो ।





  • प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार १७:३२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया