कोरोनाभाइरस भ्याक्सिनमा प्रयोग गरिएको छ सुँगुरको मासु

पछिल्लो समय कोरोनाभाइरस भ्याक्सिनबारे नयाँ नयाँ तथ्य बाहिर आएका छन् । अब यो भ्याक्सिनबारे आएको नयाँ तथ्य हो, यसमा सुँगुरको मासु पनि प्रयोग भएको छ । 

संयुक्त अरब इमिरेट्समा त यसबारे नयाँ अनुसन्धान गरिएको मात्र होइन, यसका कारण त्यहाँ बहस पनि भएको छ । 

सुँगुरको मासु प्रयोग गरिएको भए पनि युएईको सर्वोच्च इस्लामिक निकाय द युएई फतवा काउन्सिलले यो भ्याक्सिन मुसलमानले पनि प्रयोग गर्न पाउने बताएको छ ।

मुुसलमान समुदायमा पोर्क अथवा सुँगुर मासुबाट बनेका उत्पादनको प्रयोगलाई राम्रो मानिएको छैन । त्यही कारण पनि यसलाई युएईमा प्रयोग गर्न मिल्ने या नमिल्ने भन्नेबारे छलफल गरिएको थियो ।

यसलाई औषधीका रुपमा प्रयोग गर्न दिइने भएकाले यो स्वाभाविक मानिएको युएईले जनाएको छ ।





  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार २३:६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया