एयर इण्डियाले सुरु गर्यो नेपाल–भारत उडान
फाइल फोटो

कोरोना महामारीका कारण बन्द भएको नौ महिनापछि एयर इण्डियाले बिहीबार दिल्ली–काठमाडौं नियमित उडान सुरु गरेको छ ।

भारतले प्रस्ताव गरेको एयर बबल ट्राभल सम्झौताअनुसार एयर इण्डियाले उडान सुरु गरेको हो । नेपाली यात्रुका लागि न्यूनतम भाडादर ९ हजार २७७ रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ ।

बिहीबार गरिएको पहिलो दुईतर्फी उडानमा कम्पनीको अकुपेन्सी दर ५० प्रतिशत भन्दा बढी कायम रहेको बताइएको छ ।

बिहान ११ः०७ बजे दिल्ली–काठमाडौं उडानमा ९९ जना यात्रु आएका छन् भने दिउँसो १२ः३४ बजेको काठमाडौं–दिल्ली उडानमार्फत ९२ यात्रुले सेवा लिएका छन् । कम्पनीले न्यारोबडी जहाज (एयरबस ३२०)मार्फत उडान गरेको हो ।
 





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १४:१०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया