संसद विघटन विरुद्ध जसपा आन्दोलनमा

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले संसद विघटनको विरुद्धमा घोषणा गरेको आन्दोलनको तयारी सुरु गरेको छ ।

जनता समाजवादी पार्टी, नेपाल केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रम तय गरेको थियो । सोही आन्दोलनका कार्यक्रमलाई सफल बनाउन रणनीति तयार गर्न बिहीबार बैठक बसेको जसपाका नेता केशव झाले बताए । बैठकमा आन्दोलनको तयारी सम्बन्धमा छलफल भएको नेता झाले बताए । 

जसपाले यस अघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पुस १० गते प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने, पुस ११ गते मसाल जुलुस निकाल्ने र पुस १२ गते बृहत प्रदर्शन गर्ने कार्यक्रम तय गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै जसपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १४:५६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया